उपसचिव शाक्य भ्रष्टाचार मुद्दामा दोषी ठहर

Nepal Cover
२९ भाद्र २०८०, शुक्रबार
image

काठमाडाैं ।खानेपानी विभागका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्य गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर शाक्यलाई दोषी ठहर गरेको छ। बुधबारको इजलासले उनीमाथि कसुर कायम गर्दै एक वर्ष कैद सजाय सुनाएको हो।

विशेष अदालतले शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । २०४९ साल जेठ २ गतेदेखि ओभरसियर पदबाट सेवा सुरु गरेका हुन् । शाक्यले सेवा अवधिमा रहँदा १२ करोड ३९ लाख रुपैयाँ कमाएको अख्तियारले जनाएको छ ।

अख्तियारले १६ असार २०७७ मा शाक्य, उनकी श्रीमती अल्का, भाञ्जी प्रभालाई प्रतिवादी बनाएको थियो । सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएका अल्का र प्रभाले भने सफाइ पाएका छन् ।