उच्च अदालतको न्यायाधीशमा सिफारिस हुने २७ जना [सूचीसहित]

Nepal Cover
२९ भाद्र २०८०, शुक्रबार
image

काठमाडौँ । न्याय परिषद्‌ले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षमा शुक्रबार बसेको परिषद्‌को बैठकले २७ जनाको नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो। 

परिषद्ले न्याय सेवा, कानुन सेवा र सरकारी वकिल, जिल्ला न्यायाधीश र कानुन व्यवसायी मध्येबाट २७ जनाको नाम उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो। 

न्याय, कानुन, सरकारी वकिल, कानुन व्यवसायी र कानुन मन्त्रालयसहितका योग्यता पुगेका व्यक्तिलाई समेटेर नियुक्तिको सिफारिस गरिएको परिषद्ले जनाएको छ।