फेरि बढ्यो इन्धनको मूल्य

  Sampatti News Online

September 15, 2023

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १.१२ र डिजेलको २.९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ ।

प्रकाशित मिति:September 15, 2023