गैरकानुनी तरिकाले करोडौ सम्पत्ति आर्जन गर्ने कर्मचारिलाई अदालतको सफाइ

Nepal Cover
३० भाद्र २०८०, शनिबार
image

काठमाडौं  सात वर्षको जागिर अवधिमै तीन करोडभन्दा धेरै स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोग लागेका नायब सुब्बाले सफाई पाएका छन् । मालपोत कार्यालय बाराका तत्कालिन लेखापाल युगल किशोर ठाकुरलाई बिशेष अदालतले मंगलबार गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा सफाई दिएका छन् ।

उनको तीन करोड ४ लाख ९४ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असार २०७७ मा मुद्दा दायर गरेको थियो ।

९ माघ २०६८ मा सहलेखापाल पदबाट सरकारी जागिर सुरु गरेका ठाकुरले २०७५ सम्म अस्वभाविक सम्पत्ति आर्जन गरेका थिए । सात वर्षकै अवधिमा उनले तीन करोड भन्दा धेरै सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन् ।

मालपोत कार्यालयमा उठेका राजस्व रकम उनले संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको र कार्यालयको खातामा दाखिला गरिनु पर्ने राजस्व रकमलाई समेत आफु अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने खातामा राखेका थिए ।

तत्कालिन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदन प्रसाद गुप्तासँग संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा खाता नम्बर १२३०००१९१८१० खोलिएको व्यक्तिगत खातामा सरकारी राजश्व जम्मा गर्दै आएका थिए । गुप्तालाई पनि आयोगले मुद्दा दायर गरेकोमा उनी दोषी ठहर भइसकेका छन् ।

युगल किशोर ठाकुर र मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा संचालित खाता नं. १२३०००१९१८१० को व्यक्तिगत खातामा रहेको दुई करोड ७६ लाख ४४ हजार बरामद भएको थियो ।

अन्य खातामा २४ लाख ९२ हजार भेटिएको थियो । त्यस्तै, श्रीमतीको नाममा जग्गा पनि खरिद गरेका थिए । सो सम्पत्तिको स्रोत नखुलेपछि आयोगले मुद्दा दायर गरेको थियो ।