सुनको मूल्यमा सामान्य बृद्धि

Nepal Cover
३१ भाद्र २०८०, आईतवार
image

काठमाडौँ । हप्ताको पहिलो दिन आज पनि सुनचाँदीको मूल्य बढेको छ। सुनकाे मूल्य तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ । अस्ति शुक्रवार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदी आजको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो ।