वाणिज्य बैंकहरुले असोजका लागि सार्वजनिक गरे नयाँ ब्याजदर : कुनको कति ?

  Sampatti News

September 17, 2023

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । केन्द्रीय बैंकको नीतिअनुसार असोज महिनाको १ गतेदेखि लागू हुने नयाँ ब्याजदर बैंकहरुले भदौ मसान्त अर्थात् भदौ ३१ गते सार्वजनिक गरेका हुन् ।

खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट असोजका लागि नयाँ ब्याजदर तोकेका बैंकहरुले मुद्दती निक्षेप ९एफडी० मा अधिकतम ११ दशमलव ३६ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् ।

प्राइम कमर्सियल बैंकले असोजका लागि ११।३६ प्रतिशत अफर गरेको हो । यो भदौ महिनाको तुलनामा ४ दशमलव २२ प्रतिशतको वृद्धि हो । भदौ महिनाका लागि बैंकहरुले अधिकतम १० दशमलव ९० प्रतिशत ब्याजदर तोकेका थिए ।

यस्तै, बैंक एभेरेष्ट, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले समान ११ दशमलव ०५ प्रतिशत ब्याजदर तोकेका छन् । भने ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंक भने भदौको भन्दा केहीँ ब्याजदर घटाएर १० दशमलव ५० प्रतिशतसम्म तोकेका छन् । भदौका लागि यी बैंकहरुले १० प्रतिशतदेखि १० दशमलव ९० प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।

त्यस्तै भदौका लागि ९ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेको नेपाल एसबीआई बैंकले असोजका लागि १० प्रतिशत ब्याजदर तोकेको छ भने एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भदौ महिनाकै निरन्तरता ९ दशमलव ९९ प्रतिशत नै ब्याजदर तोकेका छन् ।

यस्तै सानिमा बैंकले ९ दशमलव ९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९ दशालव ५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९ दशमलव २९ प्रतिशत र नेपाल बैंकले ९ दशमलव २५ प्रतिशतले ब्याजदर तोेकेका छन् । यी बैंकहरुले भदौ महिनाका लागि क्रमशः १० दशमलव ९० प्रतिशत, ९ दशमलव ९९ प्रतिशत, ८ दशमलव ९२ प्रतिशत र १० दशमलव ९० प्रतिशत ब्याजदर तोकेका थिए ।यस्तै सानिमा बैंकले ९ दशमलव ९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९ दशालव ५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९ दशमलव २९ प्रतिशत र नेपाल बैंकले ९ दशमलव २५ प्रतिशतले ब्याजदर तोेकेका छन् । यी बैंकहरुले भदौ महिनाका लागि क्रमशः १० दशमलव ९० प्रतिशत, ९ दशमलव ९९ प्रतिशत, ८ दशमलव ९२ प्रतिशत र १० दशमलव ९० प्रतिशत ब्याजदर तोकेका थिए ।

प्रकाशित मिति:September 17, 2023