राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

  Sampatti News

September 18, 2023

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्ने गरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार महाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो ।

कम्पनीले सातै प्रदेशका विभिन्न शाखाहरुका लागि करारमा ३० जना कर्मचारी माग गरेको छ । जसमा शैक्षिक योग्यता मेकानिकल इन्जिनियरिङ्गमा स्नातकदेखि कक्षा आठ पाससम्मको माग गरेको छ ।

दरखास्त दिने अन्तिम मिति असोज १५ गते तोकिएको छ । ४५ वर्ष उमेर ननाघेकाहरूले आवेदन दिन सक्ने छन् । आवेदकको लिखित, प्रयोगात्मक र अन्तरवार्ता परीक्षा हुने राष्ट्र बैंकले जनाएको छ । आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुवै वा अन्तरवार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।

परीक्षा दस्तुर मेकानिकल इन्जिनियरको हकमा १ हजार र अन्यको ८०० रुपैयाँ लाग्नेछ । करार सम्झौताको अवधि ६ महिनाको हुने छ ।

प्रकाशित मिति:September 18, 2023