थप तीन उपसचिवको सरुवा 

  Sampatti News Online

September 20, 2023

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप तीन उपसचिवहरूको सरुवा गरेको छ । सोमबार मन्त्रालयले स्थानीय तथा संघीय मन्त्रालयमा कार्यरत उपसचिवहरूलाई मन्त्रालयमा ल्याएको हो । 

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र गृह मन्त्रालयका उपसचिव रामदत्त पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको हो । 

प्रकाशित मिति:September 20, 2023