कार्यशैली सच्याउन सभापति देउवालाई शेखरकाे चेतावनि

  Sampatti News

September 20, 2023

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन काँग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् ।

आफु पक्षका केहि नेताहरुलाई साथ लिएर कोइराला सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

त्यसक्रममा कोइरालाले देउवासँग पछिल्लो समय भइरहेका गतिविधिहरु एक्लौटी भएको भन्दै अशन्तुष्टि जनाएको एक नेताले जानकारी दिए ।

पार्टीका बिभिन्न भ्रातृ संस्था, विभाग लगाएतमा देउवाले एक्लौटी गरेको आरोप इतरपक्षले लगाउदै आएको छ । कोइरालाले सरकार विषयमा पनि देउवाको ध्यानाकर्षण गराए । उनले कोशी प्रदेशका विषयमा पनि कुरा राखेका थिए । कोइरालाले अब पनि एकलौटी चले आफूहरु नयाँ ढंगले अगाडि बढ्ने चेतावनी दिएका थिए ।

जवाफमा देउवाले आफू मिलाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार रहेको बताएका थिए । कांग्रेस केन्द्रीय समिति बैठक भोलीबाट सुरु हुँदैछ । बैठकमा उठाउने एजेण्डा लगाएतका विषयमा इतरपक्षले हिजो भेला गरेका थिए । भेलामा भएको सहमतिअनुसार देउवा निवास धुम्वाराही पुगेर कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।

प्रकाशित मिति:September 20, 2023