छुटेका नेताहरूलाई महासमितिमा समेटेर लैजाने: देउवा

  Sampatti News

September 21, 2023

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने ठाउँ कम छ, त्यसैले धेरै साथीहरू छुट्नुभएको छ,’ उनले भने, ‘छुटेका नामहरू तपाइँहरूले पनि भन्नुहोला, महासमिति सदस्यमा अरू साथीहरूलाई अटाउँला ।’ केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्ने बताएका छन् ।

 सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकको सुरूमै सभापति देउवाले थप ८ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी गराउँदै अझै धेरै नेताहरू छुटेको बताए ।

उनले छुटेका नेताहरूलाई महासमितिमा समेटेर लैजाने आश्वासन समेत दिए । ‘केन्द्रीय कार्यसमितिमा केही साथीहरूलाई मनोनीत गरिएको छ ।

कांग्रेसको विधानबमोजिम हरेक दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान छ । सभापति देउवाले १४ औँ महाधिवेशनपछि पहिलो पटक विधानबमोजिम समयमै केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

प्रकाशित मिति:September 21, 2023