एमाले बागमती प्रदेश अधिवेशनकाे बन्दसत्र आजदेखि सुरु

  Sampatti News

September 26, 2023

काठमाडाैं ।  नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र आजदेखि सुरु हुने भएको छ । प्रदेश अधिवेशनको सोमबार काठमाडौँको भृकुटीमण्डपमा उद्‌घाटन गरिएको थियो । 

प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुने बताइएको छ । बन्दसत्रमा हाल रहेको कमिटीका तर्फबाट राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने बताइएको छ । प्रतिवेदनहरुमाथि छलफल भइ पास भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । 

अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भएर आएका छन् । सर्वसम्मत नेतृत्व चयनको अभ्यास लुम्बिनीमा सफल नभएकाले बागमतीमा समेत उम्मेदवारहरुले प्रतिस्पर्धाको तयारी गरेका छन् ।

प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु समेत आकांक्षी देखिएका छन् । अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको दाबी बलियो छ । सर्वसम्मत नेतृत्व चयनको अवस्थामा कृष्णभक्त पोखरेल, भूमि त्रिपाठी लगायतले आकांक्षा देखाएका छन् । यस्तै बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डेले अध्यक्षमा दाबी कायम राखेका छन् ।  
 

प्रकाशित मिति:September 26, 2023