कोशी प्रदेशमा दोस्रो पटक सरकार विस्तार

  Sampatti News

September 26, 2023

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः सरकार विस्तार गरेका छन् । गत भदौ २२ गते सरकार गठन गरिएको थियो । तत्कालिन ५ सदस्यीय मन्त्रिमण्डलमा २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरी ९ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ  ।

सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री बनेका छन् भने लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । यस्तै रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भए ।

यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति:September 26, 2023