प्रधानमन्त्री दाहाल छोङछिङमा`

  Sampatti News

September 26, 2023

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् । उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।

प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नेछन् । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि हुन् ।

छोङछिङमा प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य र छोङछिङ नगरपालिकाका समितिका सचिव युन ज्याजुनबीच आज भेटघाटको कार्यक्रम छ ।

प्रकाशित मिति:September 26, 2023