निगमले लियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता 

Nepal Cover
१४ आश्विन २०८०, आईतवार
image

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ। 

आइतबार दिउँसो प्रधानमन्त्री प्रचण्डसमेतको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको थियो। सो बैठकमा प्रधानमन्त्री प्रचण्डले मूल्यवृद्धि फिर्ता लिन निर्देशन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जानकारी दिए।

लगत्तै, निगमले आज (आइतबार) राति १२ बजेबाट लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिएको जानकारी गराएको छ। 

निगमका अनुसार मूल्य वृद्धिलाई मूल्य स्थरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गरिनेछ।