आज कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

  Sampatti News

October 2, 2023

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७३ पैसा र बिक्री दर १६२ रुपैयाँ ४६ पैसा रहेको छ ।

 कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:October 2, 2023