आज बागमती प्रदेशसभा बैठक बस्दै

Nepal Cover
१५ आश्विन २०८०, सोमबार
image

मकवानपुर ।  बागमती प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो २ बजे प्रदेशसभा बैठक बस्ने भएकाे हाे ।

आइतबार दुई पटक सञ्चालन भएको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरू गरिएको छ । सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहने जनाइएको छ ।