बझाङमा गयो भूकम्प, भत्किए घरहरु  

Nepal Cover
१६ आश्विन २०८०, मंगलवार
image

काठमाडौं । सूदुरपश्चिमको बझाङ जिल्लामा फेरी भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ६ मिनेटरमा बझाङको हेमन्तवाडा केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले धेरैका घरहरुमा क्षति पु-याएको छ भने कतिका घरहरु चर्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी छ ।