October 3, 2023
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको नेपाल बिद्युत प्राधिकरण ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन (चौथो तह) विर्जु कुमार महतोविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।
महतोलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा २०८० साल भाद्र १९ गते नियन्त्रणमा लिइएको थियो। उद्योगमा बिद्युत् क्षमताबृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा महतोविरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गतको कसुरमा महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा पच्चीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरीको छ ।
प्रकाशित मिति:October 3, 2023