आज विदेशी मुद्राको विनिमय दर कति ?

  Sampatti News

October 5, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ५६ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा रहेको छ । 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति:October 5, 2023