माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ आजदेखि निष्काशन खुला

  Sampatti News Online

October 5, 2023

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज साउन ४ गते विहीबारदेखि पहिलो चरणको आईपीओ निष्काशन गरेको छ । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

आयोजना अतिप्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर १ का वासिन्दाहरुको लागि ५ लाख ७१ ह्जार ४ सय ३० कित्ता, आयोजना प्रभावित अत्तरगया २, ३, ४ र ५ नम्बर वडा र नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ का वासिन्दाहरुको लागि २ लाख ८५ हजार ७ सय २० कित्ता र रसुवा जिल्लाको अन्य क्षेत्रका वासिन्दाहरुको लागि १ लाख ४२ हजार ८ सय ५० कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरुको लागि १ लाख ५० हजार कित्ता निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 

उक्त कम्पनीको आईपीओका लागि आयोजना प्रभावितहरुको छिटोमा साउन १८ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेकाहरुले भने साउन १८ गतेसम्ममात्रै आवेदन दिन पाउने छन् । 

प्रकाशित मिति:October 5, 2023