महानगर द्वारा लाजिम्पाटको फो-९९ रेस्टुरेन्टमा ताला

  Sampatti News

October 6, 2023

काठमाडौं : काठमाडौं महानगरको अनुगमन टोलीले आज काठमाडौं महानगरपालिका वडा नं.३ लाजिम्पाटस्थित फो ९९ (Pho 99) रेस्टुरेन्टको अनुगमन गर्दा त्यहाँ खान नमिल्ने अखाद्य वस्तु भेटिएको हुँदा उक्त रेस्टुरेन्टमा ताला लगाइ दिएको छ।

ग्राहकहरुले उक्त रेस्टुरेन्टको खाजा र ममः लगायत खानेकुरामा साङ्ला भेटिएको गुनासो गरेका थिए। उपभोक्ताको गुनासोका आधारमा आज महानगरको अनुगमन टोलीले रेस्टुरेन्टको अनुगमन गरेको हो।

अनुगमनका क्रममा उक्त रेस्टुरेन्टमा अखाद्य वस्तुहरू भेटिएपछि ताला लगाइएको महानगरले जनाएको छ।

पछिल्लो समय महानगरपालिकाले रेस्टुरेन्ट, क्याफेहरूमा अनुगमन गर्दै कारबाही गरिरहेको छ।

प्रकाशित मिति:October 6, 2023