आज पनि प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक २०८० माथि छलफल हुने

  Sampatti News

October 8, 2023

काठमाडाैं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्ने भएकाे हाे । बैठक दिउँसाे १ बजे बाेलाइएकाे छ । 

संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० माथि बिचार गरियोस भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

साथै, सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नेछन् । सोही बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति:October 8, 2023