विदेशी मुद्राको विनिमय दर यस्तो छ

  Sampatti News

October 8, 2023

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा रहेको छ । 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति:October 8, 2023