आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

Nepal Cover
२२ आश्विन २०८०, सोमबार
image

काठमाडाैं । असाेज २२ गते साेमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४० रुपैयाँ ७१ पैसा र बिक्री दर १४१ रुपैयाँ ३४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६७ पैसा र बिक्री दर १६३ रुपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?