आज राष्ट्रिय शोक मनाइँदै

  Sampatti News

October 10, 2023

काठमाडौं । सरकारले इजरायलमा हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई जनही १० लाख दिनेसमेत निर्णय गरेको शर्माले जानकारी दिइन् ।

शनिबारबाट सुरु भएको हमास समूहको आक्रमणमा परेर हालसम्म १० जना नेपालीसहित सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् भने हजारौं नागरिकहरु प्रभावित भएका छन् ।

प्रकाशित मिति:October 10, 2023