इजरायल उड्यो परराष्ट्रमन्त्री साउदसहितको टोली

  Sampatti News

October 12, 2023

काठमाडौं । युद्धग्रस्त इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोली नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे इजरायल प्रस्थान गरेको हो ।

जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने निर्णय पनि गरेको छ ।

इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नआउने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने जनाएको छ ।

प्रकाशित मिति:October 12, 2023