अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

  Sampatti News Online

October 12, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानि नोक्सानी र गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको

सम्बन्धी ३ मुद्दाहरूमा आयोगले सर्वोच्चमा पुनरावेदन दिएको हो । अख्तियारका अनुसार उक्त मुद्दामा डा. नरेश प्रताप केसी, हरि बहादुर हमाल र जीवन कुमार मल्ल प्रतिवादी रहेका छन् । 

यस्तै अर्को मुद्दामा हानन्द खनाल, गोले अलि धुनिया, अजिजुर्रहमान मुसलमान र पुनवासी कुरमी प्रतिवादी रहेका छन् । 

अख्तियारले आज पुनरावेदन गरेका भ्रष्टाचारसम्बन्धी मुद्दामा महेश कुमार यादव, रमेश मरीक यादव, सन्तोष कुमार रजक, सुभाष चन्द्र लाल, सुशील कुमार यादव, रम्भादेवी यादव , शिव शंकर मण्डल, रुवी गुप्ता र हरी प्रसाद मोची प्रतीबादी रहेका छन् । 

प्रकाशित मिति:October 12, 2023