बढ्यो सुनको मूल्य

  Sampatti News

October 13, 2023

काठमाडौं । आज सुनको मूल्य बढेको छ । कारोबार साताको पाँचौं दिन बिहीबार बढेको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन शुक्रबार पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:October 13, 2023