उपप्रधानमन्त्री श्रेष्ठले भने : नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ

  Sampatti News

October 13, 2023

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकको जीवनस्तर बदलिएको अनुभूति दिलाउन वर्तमान सरकार क्रियाशिल रहेको बताएका छन् ।

शुक्रबार काठमाडौको भृकुटीमण्डपमा ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ उद्घाटन गर्दै श्रेष्ठले राजनीतिक परिवर्तनपछि मुलुकमा सुशासन र समृद्धिका साथ नागरिकको जीवनस्तर बदलिएको अनुभूति दिलाउन वर्तमान सरकार क्रियाशिल रहेको बताएका हुन् । उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धि अहिलेको राष्ट्रिय कार्यभार रहेकाले सवै मिलेर यसलाई पुरा गर्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय पुँजीको विकास गर्न निजी क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्ने र यसका लागि राज्यले आवश्यक वातावरण निर्माण गर्ने धारणा राखेका छन् ।स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन तथा विश्वबजारमा पहुँच गराई निर्यातमा सघाउने उद्देश्यले आजदेखि राजधानीमा आयोजना गरिएको एक्स्पो असोज २९ गतेसम्म चल्नेछ । एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्रीका स्टलहरु रहेका छन् ।एक्स्पोमा अमेरिका, क्यानडा, युरोप, चीन र भारतलगायत मुलुकबाट पाँच सयभन्दा बढी विदेशी क्रेताको सहभागिता रहेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति:October 13, 2023