स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला निलम्बित

Nepal Cover
२७ आश्विन २०८०, शनिबार
image

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई निलम्बन गरेको छ। निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो।

बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो।

‘नेपाल सरकार मन्त्रिपरिषदको यही २४ गतेको निर्णय अनुसार कार्यकारी निर्देशक पदमा राखिरहँदा तपाईंउपर लगाइएको आरोपको प्रमाण नष्ट गर्न सक्ने र तपाईंको गैरजिम्मेवारीपूर्ण काम कारबाहीले स्वास्थ्य बीमा बोर्डलाई हानी नोक्सानीसमेत गर्न सक्ने देखिएको हुँदा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम बढीमा ३ महिनाका लागि कार्यकारी निर्देशक पदबाट आजैका मितिदेखि लागू हुने गरी निलम्बन गरिएको बेहोरा निर्णयानुसार अनुरोध छ’, मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।