आजदेखि राष्ट्र बैंकले नयाँ नाेट सटही गर्ने

  Sampatti News

October 16, 2023

काठमाडाैं । दसैं र तिहारलाई लक्षीत गरी राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गर्ने भएको छ ।

यसका लागि  बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गरिसकेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नोट बाँड्ने तयारी रहेको  राष्ट्र बैंकले जनाएकाे छ ।

यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिने र सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक-एक बन्डल नयाँ नोट सटही गर्न पाउने छन् ।

प्रकाशित मिति:October 16, 2023