सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य

  Sampatti News

October 16, 2023

काठमाडौं । सरकारले पर्वका बेला बिक्री हुने खसी, बोका र च्याङ्ग्राको मासुको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलिदेखि बिक्री गरिने खसी, बोका र च्याङ्ग्राको मूल्य सार्वजनिक गरको हो ।

कम्पनीले सार्वजनिक गरेको मूल्य अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया पर्ने जनाएको छ । च्याङ्ग्राको भने प्रतिकिलो १२ सय ६० रुपैँया तोकिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

खाद्यले ती मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएर बिक्री गर्ने यसअघि नै घोषणा गरिसकेको छ । जसअनुसार सर्वसाधारणले भोलि बिहान ८ बजेदेखि कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा प्रतिकेजी १२ सय ५० रुपैँयामा खरिद गर्न पाउनेछन् ।

यस वर्ष खाद्यले दशैँका लागि २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा ल्याएको छ ।

प्रकाशित मिति:October 16, 2023