घट्यो सुनको मूल्य

  Sampatti News

October 17, 2023

काठमाडौं । सुनको मूल्य घटेको छ । कारोबार साताको दोश्रो दिन सोमबार घटेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:October 17, 2023