ठूलो रकमसहित विमानस्थलबाट पक्राउ

Nepal Cover
१ कार्तिक २०८०, बुधबार
image

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुनचन्द ठकुरीले जानकारी दिए।

उनका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले बताए । छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली रु ३१ लाख ५० हजार बराबर रहेको जनाइएको छ ।