सुनको भाउ हालसम्मकै उच्च विन्दुमा

  Sampatti News Online

October 20, 2023

बमठमाडाैं । सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार सुन एकैदिन तोलामा १ हजार ८०० रुपैयाँले बढेर हालसम्मकै महँगो भएको हो।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

 यस्तै शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

प्रकाशित मिति:October 20, 2023