मुक्तिनाथ कृषि कम्पनीको आईपीओ निष्काशन खुला

  Sampatti News Online

October 27, 2023

काठमाडौं  ।  मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ आज कात्तिक १० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणमा आईपीओ बिक्री खुला गरेको हो । 

कम्पनीले १४ करोड रुपियाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १ लाख ४० हजार कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी भएको बिक्री प्रबन्धक आईपीओमा एनआइएमबि एस क्यापिटलले जनाएको छ ।

शेयरमध्ये १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता आईपीओ भने  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्री गर्न लागिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाइ वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सक्नेछन् ।

कम्पनीले आफ्नो उदेश्य अनुसार कृषि कृषक तथा कृषि व्यवसायिहरूको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, विषादी, औजार उपकरण सहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरु गरिरहेको छ । हाल कम्पनीमा संस्थापक तर्फ ८० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । गत आर्थिक वर्ष ०७९/८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ८३ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।

प्रकाशित मिति:October 27, 2023