महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्ला प्रहरी प्रमुख भट्टराई निलम्बित

Nepal Cover
११ कार्तिक २०८०, शनिबार
image

काठमाडौं। मदिरा पिएर महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख निलम्वनमा परेका छन् ।

भट्टराईलाई केही दिनअघि नै हुम्लाबाट कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको थियो । उनलाई जिम्मेवारीबाट हटाएर हाल उनको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बताएको छ । यसअघि पनि भट्टराई विभागीय कारबाहीमा परेका थिए ।

उनका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन्।

यसबीचमा उनीविरुद्धमा परेको उजुरीबारे छानबिन तथा अनुसन्धान हुनेछ। डिएसपी भट्टराईको ठाउँमा अर्का प्रहरी नायब उपरीक्षक रविन्द्र खनाललाई पठाइएको डिआइजी कडायतले जानकारी दिए।