October 29, 2023
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ शुक्रबार देखि निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न शुरु गरेको हो । त्यस्तै, २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइने छ । आईपीओमा आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने छ ।
त्यसपछि कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई जारी गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति:October 29, 2023
November 23, 2024