हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

Nepal Cover
१२ कार्तिक २०८०, आईतवार
image

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो ।  

साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा छुटको व्यवस्था गरेको कम्पनीले जनाएको हो । कम्पनीले व्यतित बीमालेखहरू कात्तिक १० गतेदेखि २२ गतेसम्म नविकरण तथा पूनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ ।

३ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा शतप्रतिशत छुट, ३ वर्षभन्दा माथी ७ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ७ वर्षभन्दा माथी जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिईएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र लागु हुने कम्पनीले जनाएको छ । कम्पनीबाट ब्याज जरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरू नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार समर्पण गर्न चाहेकमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीको भनाई छ ।