गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह (सुचनासहित)

Nepal Cover
१३ कार्तिक २०८०, सोमबार
image

काठमाडौँ । गैरहाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरू आफूखुसी गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।