समानुपातिक सांसद चयनबारे छलफल गर्न जसपाको बैठक बस्दै

Nepal Cover
१३ कार्तिक २०८०, सोमबार
image

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (सोमबार) बस्दै छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय (बालकुमारी) मा बस्ने छ। 

बैठकमा मधेश प्रदेशसभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने उनले जानकारी दिए। जसपा सांसद बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो।

साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी ३ महिने अभियानबारे समेत समीक्षा हुने प्रचार विभाग प्रमुख बस्नेतले जानकारि दिए।