काठमाडौं । भारत सरकारले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा मूल्य तोकेको छ । भारतले निर्यातका लागि प्रतिटन प्याजको मूल्य न्यूनतम ८ सय अमेरिकी डलर मूल्य तोकेको हो ।
स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो। यो नियम आईतवारदेखि पुस ३१ गतेसम्म लागू हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ।
यस निर्णयसँगै सरकारले बफरका लागि थप २ लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने ५ लाख टनभन्दा बढी खरिद भइसकेको मन्त्रालयले जनाएको छ।
भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको प्रतिवेदनले जनाएको छ।