मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुने

  Sampatti News Online

November 1, 2023

काठमाडौं : मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार (कात्तिक १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८.३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, मिर्मिरे लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा १३०.६३ गुणा बढी आवेदन परेको छ । 

यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । यसमा १४ लाख २१ हजार ७७७ जनाले कुल १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १२ हजार ३८१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ९ हजार ३९६ जनाको भने हात खाली हुनेछ ।

मिर्मिरेले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो । 

प्रकाशित मिति:November 1, 2023