काठमाडौँका यी ठाउँमा शनिबार विद्युत आपूर्ति बन्द हुने (सुचनासिहत)

  Sampatti News Online

November 3, 2023

काठमाडौँ ।  काठमाडौँमा भोलि १८ गते शनिबार केही ठाउँमा विद्युत आपूर्ती बन्द हुने भएको छ।

प्राधिकरणले स्युचाटारदेखि सिंहदरवारसम्मको ६६ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकोले सिंहदरवारस्थित के ३ सब स्टेसनबाट आपूर्ति हुने सिंहदरवार परिसरका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टे कुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतो पुल, रातो पुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने जानकारी दिएको छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले सूचना जारी गर्दै जानकारी दिएको हो।

प्रकाशित मिति:November 3, 2023