नेपाली सेनामा भर्ना खुल्यो, माग्यो २२९ अधिकृत (विज्ञापनसहित)

  Sampatti News Online

November 3, 2023

काठमाडौँ । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ। जंगी अड्डाले आज एक विज्ञापन प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ ।

जसमा खुल्ला १२२, महिला १७, जनजाति ३३, मधेसी २७, दलित १५, पिछडिएको क्षेत्रबाट ३ र सेनाका परिवारबाट १२ जनालाई छनौट गर्ने सूचनामा उल्लेख छ ।
रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको जंगी अड्डाले जनाएको छ ।
जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति:November 3, 2023