बढ्यो सुनको मूल्य

  Sampatti News Online

November 3, 2023

काठमाडौँ । नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार छापावाला सुन तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:November 3, 2023