रेशम चौधरीको आडमा महानिर्देशक जोशीले के के गरे

  Sampatti News

November 3, 2023

काठमाडौं सर्बोच्चको रिगल फैसला नजिरले रेशम चौधरीको आममाफी प्रकरण बल्झिने र नागरिक उन्मुक्ति पार्टीका फाउन्डर रेशम चौधरी जेल जाने लगभग पक्का पक्की जस्तो छ।
नापी बिभागका महानिर्देशक प्रकाश जोशी पछिल्ला दिनहरूमा नागरिक उन्मुक्ति पार्टीका चौधरीको आडमा नापी बिभाग भित्र कमब्याक डिजि असुल्न बिजि बन्दा मातहतका कर्मचारी बीच खैल्लाबैला मच्चिएको छ।
हरेक दिन साझमा मन्त्री रन्जिता श्रेष्ठ र उनका श्रीमान चौधरी संग भेटेर के मा कसरी असुल्न सकिन्छ फर्मुल्ला प्रस्तुत गर्ने अभियानमा आफुलाइ मास्टर माइन्ड बताउने तिनै महानिर्देशक जोशी रिगल फैसला पछि एकाएक झस्केका छ्न्।
रेशम चौधरीलाई दिएको आममाफी बिरूद्धको पीडित पक्षको परिवारबाट दर्ता भएको रिट सर्बोच्चमा विचाराधीन केश यसै हप्ता कार्तिक २३ गते अन्तिम सुनुवाई हुदैछ। त्यसै दिन गडफादर मानेका चौधरी मामा घरमा जाने भएपछि एक्लिनु पर्ने उन पिडाले साहारा खोजिरहेको बताइन्छ ।
कानुनी व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायिहरु बिधिको शासन स्थापित गराउन निशुल्क भिडदै छ्न्।
अब यस्तो न्यायको चौतर्फी आवाज उठिरहेको बेला चौधरी पनि उम्कन नसक्ने खबर सुनेका नापी बिभागका महानिर्देशक तनाबमा हुनुलाई स्वभाबिक मानिएको छ।
प्रहरी एसएसपी लक्ष्मण न्यौपाने देखि बालक हत्याको आरोपित चौधरी जेल मुक्त हुँदा अबिर जात्रामा सहभागी भए बापत नातेदार जनकराज जोशी लाई पाँच महिना मै हटाएर महानिर्देशक पदमा फर्केका जोशीले पार्टी कै सदस्यता लिएर पार्टी बलियो बनाउन भुमिका खेले संगै उनको मन्त्रालयमा दबदबा बढेको बताइन्छ ।
सबैलाई आफनो त हक लाग्छ भनेर गफिने महानिर्देशक जोशी हिजो साझ बाट एकाएक तनाबग्रस्त अवस्था पुगेको उनको सचिवालयमा कार्यरत एक कर्मचारीले बताए।
पार्टी कार्यकर्ता सम्म भएका महानिर्देशक जोशीले यो बीचमा ९ सय जना नापीका कर्मचारीलाई लेनदेनमा सरुवा गरेको सन्दर्भ पेचिलो बनेको थियो ।
अब चौधरी बचाउका निम्ति कस्तो योजना बनाउछ्न् हेर्न बाकी छ।
हिजोका दिनमा जोशीका चौधरी बचाउको गफ सुन्नेहरु बताउछ्न्।
उनको यो बीचमा बडेको चुरिफुरी नियाल्नेहरु भन्छ्न आफनो नातेदार लाई हटाउन पार्टी प्रवेशको नाटक गर्नेको अभिनय अब धेरै टिक्ला जस्तो छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेका महानिर्देशक जोशी आफनो भूगोलको नाता लाउदै आयुक्त जय बहादुर चन्द भैन्जेल मलाई कस्ले के गर्न सक्छ बेलाबेलामा भन्न सम्म भ्याएको ती शब्द सुन्नेहरु बताउछ्न्।
कतिपय कर्मचारीलाई मौसम अनुसारको भुमिका निर्वाह गर्नुपर्ने किन आइलाग्छ ? दुई दिन आउने मन्त्री र उनको पार्टीको मोहको नाटकले कतिपय स्वभिमानी कर्मचारीले शिर निहुराएर हिडनुपर्ने बाध्यता आइपरेको छ।
यस्ता प्रवृत्ति विरुद्धमा जनताको तहबाट कार्वाही हुनु भन्दा अख्तियर र अदालतले नै साइज तोक्नु पर्ने आवाज उठेको बताइन्छ ।
यो बीचमा भुमाफिया संगको उठबसले बिभागले बदनामी ब्यहोर्नु परेको समेत बताइएको छ।

प्रकाशित मिति:November 3, 2023