प्रहरीको असईदेखि इन्स्पेक्टरसम्मका लागि खुल्यो नयाँ भर्ना (सूचनासहित)

Nepal Cover
१७ कार्तिक २०८०, शुक्रबार
image

काठमाडौं – नेपाल प्रहरीमा प्राविधिक प्रहरी सहायक निरीक्षकदेखि प्राविधिक प्रहरी निरीक्षकसम्मको पदमा जागिर खुलेको छ। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको हो।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले आज एक सूचना जारी गर्दै १२८ जनाका लागि प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।