जाजरकोट भूकम्प अपडेट: ११९ को मृत्यु, १०८

  Sampatti News Online

November 4, 2023

काठमाडौँ । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी १ सय १९ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क जाजरकोट र रुकुमको हो । १ सय ८ जना घाइते भएका छन् ।

भूकम्पले जाजरकोटमा बढी क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिए । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अनुसार उद्धारका लागि सबैतिरबाट एकतृत गरी सुरक्षा फौज परिचालन गरिएको छ ।

यसैगरी घाइतेको उपचारका लागि सक्दो व्यवस्था मिलाइएको छ । उपचारका लागि हेलिकप्टरद्वारा स्वास्थ्यकर्मी घटना स्थलमा पुर्‍याइएको भट्टराईले जानकारी दिए । क्षतिको विवरण आउने क्रम जारी रहेको उनले बताए ।

प्रकाशित मिति:November 4, 2023