November 4, 2023
काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९३ जना र रुकुममा ३६ को मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले सम्पतिन्युजलाई जानकारी दिए । उनका अनुसार काठमाडौंबाट थप उद्दार टोलि गएको र भग्नावसेसमा पुरिएकाहरुको थप उद्दार हुने बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।
प्रहरीका प्रवक्ताका अनुसार रुकुम पश्चिममा ३६ जना, त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतबाट भूकम्प प्रभावित स्थानमा थप उद्दार टोलि पठाएको उनले बताए ।
उपचारका लागि अस्पताल आउनेमा अधिकांश महिला रहेका छन् । जसमा २१ वर्षदेखि २७ वर्ष उमेर समूहका महिलाको संख्या बढी छ । घाइतेको संख्या थपिँदै जाँदा औषधि र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने भएकाले प्रदेश र संघका स्वास्थ्य निकायलाई सहयोगको लागि आग्रह गरेको छ ।
प्रकाशित मिति:November 4, 2023
November 24, 2024